काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ । एमालेको निर्वाचन आयोगका अनुसार २२ सय ६३ मतदाता रहेकामा ४ बजेसम्म करिब एकतिहाइ मत खसेको हो । आज बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको थियो ।...
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने भएका छन् । प्रदेशसभालाई पत्रमार्फत उनले पुस ४ मा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । यसअघि कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका थिए ।...
काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका छन् । बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताए । उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास...