Skip

Hamro Sanchar

एमाले निकट कानुन व्यवसायी संगठनको अध्यक्षमा थापा निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २ गते


काठमाडौं । एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा चयन भएका छन्।

प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई १३ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका निर्वाचन समितिले जनाएको छ।

दुईसय ५६ मतसहित थापा अध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी थपलियाले २१३ मत मात्रै पाएका छन्।

त्यसैगरि संगठनको खुला उपाध्यक्षमा भिमसेन बन्जरा र महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्विरोध निर्वाचित भएका छन्। खुला महासचिवमा चुडामणि पौडेल र उपमहासचिव खुलामा बाबुराम राई विजयी भएका छन् ।

 


प्रतिकृया दिनुहोस्