Hamro Sanchar

रास्वपालाई कांग्रेसको प्रश्न : थुनामा रहेकालाई सभापतिमा राख्नेले नैतिकताको पाठ सिकाउन मिल्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १ गते


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफैँबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरेका छन् ।

उनले सहकारी ठगीको मुद्दा खेपिरहेका रवि लामिछानेलाई सभापति पदमा राख्नेले भिजिट भिसा प्रकरणमा नैतिकताको पाठ सिकाउन मिल्छ ? भन्दै प्रश्न गरे ।

“पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवं संगठित अपराधका मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ?,” उनले आइतबार (असार १) प्रतिनिधिसभा बैठकमा प्रश्न गरे ।

उनले संसदीय दलको नेता पनि उनैलाई राखेर अरूलाई नैतिकताको पाठ सिकाउन कति जाहेज हो ?भन्दै अर्को प्रश्न गरे ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै रास्वपा सांसदले विरोध गरिरहेका छन् । वेलमा पुगेर उनीहरूले नाराबाजी गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्