Hamro Sanchar

रास्वपा र राप्रपाको नाराबाजीकाबीच संसद् बैठक अघि बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १ गते


काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् ।

सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् ।

सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।


प्रतिकृया दिनुहोस्