Skip

Hamro Sanchar

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १ गते


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन)विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु हुनेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव गर्नेछन् ।

आर्थिक वर्ष २०८२र०८३को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्