Hamro Sanchar

गगनको दाबी : सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ३० गते


काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबारदेखि संसद् खुल्ने दाबी गरेका छन्।

सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले केही दिनदेखि अवरुद्ध रहेको संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको सुनाए।

थापाले भने, ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै विपक्षीले सदन अवरोध गरिरहेका छन्। पछिल्लो समय माओवादी र एकीकृत समाजवादी सदन खोल्न लचक भए पनि रास्वपा आफ्नो टसमस भएको छैन। उनसले आफूले अघि सारेको ५ बुँदे सहमति अडिग हुँदा कुरा मिल्न सकेको छैन ।


प्रतिकृया दिनुहोस्