Skip

Hamro Sanchar

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २९ गते


काठमाडौं । सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।

कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।

यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो।

अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्।

महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी दिएका छन्।

त्यस्तै उपाध्यक्षमा उपाध्यक्ष खुल्ला एक पदका लागि ५ जना, उपाध्क्ष महिला १ पदका लागि ४ जना, उपमहासचिव १ पदका लागि ३ जना र सचिव ४ पदका लागि ३६ जनाको उम्मदेवारी परेको निर्वाचन कमिटीले जनाएको छ।

सम्मेलनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ। त्यस्तै विभिन्न आयोगमा पदाधिकारी र सदस्य समेत निर्वाचित हुनेछन् ।


प्रतिकृया दिनुहोस्