Hamro Sanchar

प्रतिनिधिसभाको बैठक बस्दै : गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको अडान कायमै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २८ गते


काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ।

‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक सञ्चालन हुने कि नहुने भन्ने अन्यौल कायम छ ।

सहमतिका लागि दलहरुबीच पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्किएकाले यही जेठ १३ गतेदेखि नै प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । त्यसैले बजेटमाथिको छलफल सुरु नै हुन सकेको छैन ।

आजको बैठक सञ्चालन भए उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।


प्रतिकृया दिनुहोस्