
काठमाडौं । काठमाडौँको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर २ जना घाइते भएका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार खैरो हिरोइन रहेको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजेको थियो।
पक्राउ गर्न पुगेको प्रहरीलाई रड प्रहार गरेपछि प्रहरीले चार राउन्ड हवाइ फायर र ३ राउन्ड गोली कारोबारीका खुट्टामा प्रहार गरेको कोइरालाको भनाइ छ।
रड प्रहारबाट २ जना प्रहरी घाइते भएका छन् ।