Hamro Sanchar

मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २७ गते


काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

उनको १२ दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

उनको अक्सिजनस्तरमा उतारचढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव तथा संयोजक रहेका वैद्य पुरानो रोग दम बढेपछि अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले बताएको छ ।


प्रतिकृया दिनुहोस्