Skip

Hamro Sanchar

विपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २५ गते


काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका विपक्षी दलहरुको बैठक बानेश्वरमा जारी छ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरुको बैठक बसेको हो।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार संसद् अवरोध जारी राखेको अवस्थामा अब के गर्ने भन्नेबारे छलफल भइरहेको हो।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सहभागी छन्।

यसअघि सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्ष बिहिन बनेको थियो। सत्ता पक्षले गृहमन्त्रीले राजीनामा पनि नदिने र उनीमाथि छानबिन समिति पनि नबन्ने अडान दोहोर्‍याएका थिए।

बैठक सहभागी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राख्दै यही अवस्थामा संसद् बैकठ चल्न नदिने बताएका थिए ।


प्रतिकृया दिनुहोस्