Skip

Hamro Sanchar

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु, एक बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २३ गते


सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ।

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए। १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छिन्।

बेपत्ताको खोजी जारी छ। आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन्।

जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदीभाइ हुन् ।


प्रतिकृया दिनुहोस्