Skip

Hamro Sanchar

बाजुराको बाम्का बजारमा भीषण आगलागी : १७ वटा पसल जले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २३ गते


काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ

बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।

अहिलेसम्म १६र१७ वटा पसल जलिसकेका छन् ।
आगलागी निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ।

आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।


प्रतिकृया दिनुहोस्