Skip

Hamro Sanchar

मिश्रको बयान : संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भन्ने व्यक्ति म होइन

"कार्यक्रम मैले होइन, दुर्गा प्रसाईंले गर्नुभएको हाे "

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ११ गते


काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।

उनले तीनकुनेको प्रदर्शनको आयोजक आफू नभएको बयान दिएका छन् । उनले भनेका छन्, ‘कार्यक्रम मैले आयोजना गरेको होइन, दुर्गा प्रसाईं जीले अयोजनामा गर्नुभएको कार्यक्रममा सहभागी हुन गएको हुँ ।’

तीनकुनेको कार्यक्रमको आयोजन दुर्गा प्रसाईंकै समूह भएको उल्लेख गर्दै मिश्रले २०८१ चैत १५ गतेको कुनै पनि हिंसात्मक गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । बयानमा उनले भनेका छन्, ‘मेरो कुनै पनि संलग्नता छैन ।’

मञ्चबाट हिंसा भड्काउने गतिविधि दिएको बारेमा उनले आफूलाई रक्षात्मक रूपमा प्रस्तुत गरेका छन् । ‘अश्रुग्याँसले पोलेको सुरमा मैले दुई तीन ठाउँमा छोटो छोटो अनियोजित र आवेगमा मन्तव्य दिएको छु’ मिश्रले बयानमा भनेका छन्, ‘तर, कुनै पनि मन्तव्य हिंसात्मक किसिमको छैन ।’

उनले तीनकुनेमा आफूले आपराधिक काम नगरेको र उक्त काम गर्न कसैलाई पनि प्रोत्साहन र दुरुसाहित दिने र निर्देशन दिने काम नगरेको जिकिर गरेका छन् ।

उनले बयानमा अगाडि भनेका छन्, ‘संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति म होइन ।


प्रतिकृया दिनुहोस्