Skip

Hamro Sanchar

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ५ गते


वाग्मती । हेटौँडा–काठमाडौंं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने वाग्मती पुल (बगुवा खोला)मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढेपछि डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्