Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सहमति नजुटे भोलिबाट आन्दोलन चर्काउने शिक्षक महासंघको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १६ गते


Advertisement

काठमाडौं । शिक्षक महासंघको आज बसेको बैठकले गएराति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ।

आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने स्रोतले बतायो

शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति जुटेर मस्यौदा तयार गरिएको थियो । सो मस्यौदामाथि आज शिक्षक महासंघको बैठकमा छलफल भएको हो । मस्यौदामा केही थपघट गरिएको महासंघका एक शिक्षक नेताले बताए ।

ती शिक्षक नेताका अनुसार आजबाट आन्दोलनलाई उग्र बनाउने तयारी थियो । तर, सहमति उन्मुख भएपछि त्यो तयारी आज एक दिनलाई स्थगित गरिएको छ । यदि आज सहमति नजुटेको खण्डमा भोलिबाट आन्दोलन चर्काउने उनले बताए ।

‘निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनेको छ, आज सहमति भयो भने आन्दोलनले नयाँ मोड लिन्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्