
काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा सबै घाइते शिक्षकहरूलाई अहिले उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जानकारी दिए।
आज बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका थिए। प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

















