Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १२ गते


Advertisement

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुँदैछ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार भएका हुन्।

शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेले नेपाल शिक्षक महासंघलाई एकै ब्यहोराका छुट्टाछुट्टै पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।

सरकारको आह्वानपछि वार्ता टोली गठन गरेर महासंघ मन्त्रालयतर्फ गएको छ।

‘सरकारले वार्ताका लागि आव्हान गरेपछि हामीले टोली गठन गरेका छौँ, सो टोली वार्ताको लागि गइसक्नु भयो।’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

सरकारको तर्फबाट शिक्षामन्त्री पन्त र मन्त्रालयका सचिव दीपक काफ्लेलगायत वार्तामा बस्नेछन्। चैत २० गतेदेखि शिक्षकरकर्मचारीहरू विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।


प्रतिकृया दिनुहोस्