Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धम्की आउन थाल्यो, कुनै हातलमा १२ को परीक्षामा सामेल हुदैनौ : शिक्षक महासंघ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ९ गते


Advertisement

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सामेल हुनुपर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयहरूबाट धम्की आउन थालेको बताएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज विज्ञप्ति निकालेर कक्षा १२ को परीक्षा पर्ने केन्द्रका प्रधानाध्यापक तथा शिक्षकहरूलाई धम्की आउन थालेको उल्लेख गरेका हुन्।

विगतमा सरकारले गरेका सहमतिलाई समेट्दै विद्यालय शिक्षा ऐन जारीको माग गर्दै चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ। शिक्षकहरूको साथ नपाए निजामती कर्मचारीहरू परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्ने तयारीमा सरकार छ।

तर महासंघले भने कुनै पनि हालतमा कक्षा १२ को परीक्षा प्रक्रियामा सामेल नहुन प्रधानाध्यापक र शिक्षकहरूलाई आग्रह गर्दै आएको छ ।

 


प्रतिकृया दिनुहोस्