Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ९ गते


Advertisement

काठमाडौं । वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि आज बिहान बोर्डको बैठक बस्न लागेको हो।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिएका छन् ।

उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए।

कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुनेरनहुने अन्योल छ। यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।

आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन्।

भने सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकि छन् ।

 


प्रतिकृया दिनुहोस्