Hamro Sanchar

गणतन्त्र जोगाउन ओलि, देउवा र प्रचण्ड एक भएर अघि बढ्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ६ गते


काठमाडौं । गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको छ ।

आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच आज साझ  साँझ भेट भएको थियो । करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।

‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ खरेलले बैठकपछि भने ।

साथै, उनले समसामयिक राजनीतिक विषयसँ विविध छलफल भएको बताए ।

‘विद्यमान देशको परिस्थितिबारे तीन शीर्ष नेताहरू बैठक बसिएको हो । विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशीतासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ,’ खरेलले भने ।

बैठकमा संक्रमणकाली न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे नेताहरूलाई जानकारी गराउने काम भएको उनले बताए ।


प्रतिकृया दिनुहोस्