Skip

Hamro Sanchar

कवाड संकलन केन्द्रमा काठमाडौं महानगरले चलायो डोजर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ४ गते


काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

नगर प्रहरीका एसपी दिनेश अर्यालले एमाले पार्टी कार्यालय नजिकै रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाइएको उनले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्