काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरे। उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताए।
उनले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिएको शुभकामनाप्रति असुन्तुष्टि जनाए।
पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बदमासी गर्न खोजिरहेको आरोप लगाए ।
































