Hamro Sanchar

उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३ गते


काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बेलुका ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ ।

त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बुझिएको छ ।


प्रतिकृया दिनुहोस्