Hamro Sanchar

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बिहीबार (भोलि)२ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, पार्टी सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

यस्तै, महाधिवेशन कार्यविवरण सम्बन्ध, जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणको विशेष रिपोर्टिङ पनि बैठकमा हुनेछ ।


प्रतिकृया दिनुहोस्