Hamro Sanchar

नेपाली सीमा नजिकै चीनमा भूकम्प, काठमाडौँमा पनि धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३ गते


काठमाडौं । आज बिहान नेपालको सीमा नजिकै चिनियाँ भूभागमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार आज बिहान ४ बजेर ५ मिनेट जाँदा चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास पर्छ।

यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका उत्तरी क्षेत्रका विभिन्न जिल्लामा पनि महसुस भएको छ ।


प्रतिकृया दिनुहोस्