Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २ गते


काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ।

न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता जोशी थुनामै छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटबल इजलासले पनि सदर गरेको हो ।


प्रतिकृया दिनुहोस्