
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले आज ११औँ दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
आफूहरूसँग गरिएको सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै उनीहरूले माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच निरन्तर छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।
आफ्ना कुनै नयाा माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडताल समेत गरेका छन् । सोही कारण शैक्षिक गतिविधि ठप्प छ ।