Hamro Sanchar

पत्रकार सुरेश रजकको सम्झनामा वसन्तपुरमा दीप प्रज्वलन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं, चैत २९- पत्रकार सुरेश रजकको सम्झनामा वसन्तपुरमा शुक्रबार साँझ श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

रजकका शुभचिन्तकहरुले वसन्तपुरको महादेव–पार्वती डबलीमा श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरेका हुन् ।

श्रद्धाञ्जली सभामा उनिहरूले दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाममा मैनबत्ती बालेका थिए भने उनको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्‍यु भएको थियो ।


प्रतिकृया दिनुहोस्