Hamro Sanchar

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष बिहिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा.दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सह अध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो ।

मन्त्रालयमा बिहीबार साँझ भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवहरी सापकोटाले  जानकारी दिएका छन् । उनले भने, ‘आजदेखि सरकार र आन्दोलनरत शिक्षकबीचमा वार्ताको प्रारम्भ भएको हो ।

कुनै निष्कर्ष निस्केको छैन । सरकारको तर्फबाट मन्त्री ज्यूले माग पुरा गर्नका लागि पहल भइरहेको छ भनेर सम्झाउनुभयो ।’ प्रवक्ता सापकोटाले वार्तालाई निरन्तरता दिनेगरी बिहीबारको वार्ता टुङ्गिएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्