Hamro Sanchar

समाजसेवी उप्रेतीद्धारा मृतक रजकको परिवारलाई ५० हजार सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २६ गते


काठमाडौं, चैत २७- समाजसेवी शोभित प्रसाद उप्रेतीले चैत्र १५ गतेको घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सह-कोषाध्यक्षसमेत रहेका समाजसेवी उप्रेतीले बुधबार बिहान निवासमै पुगेर मृतककी धर्मपत्नी सुजन मगिया रजकलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

समाजसेवी उप्रेतीले मृतक रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

समाजसेवी उप्रेतीले यसअघि पनि दुख र समस्यामा परेका नेपालीहरुलाई थुप्रै पटक व्यक्तिगत सहयोग गरिसकेका छन् ।

रजकको गत चैत १५ गतेको आन्दोलनमा जिउदै जलेर मृत्यु भएको थियो ।

 


प्रतिकृया दिनुहोस्