Hamro Sanchar

खुस्बु ओली भन्छिन : ५ हजार मार्ने प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने ओलीलाई कारवाही हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २५ गते


काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् ।

उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन् ।

राप्रपाले आज काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनका क्रममा बल्खुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रवादी नेता कार्यकर्तालाई बोल्न नदिएर देशमा लोकतन्त्र होइन दासहरू मात्र बाँच्न पाउँछन् भन्ने सन्देश दिइएको बताइन् ।

ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारबाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने बताइन् ।

ओलीले भनिन्-‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने प्रचण्डलाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ ।


प्रतिकृया दिनुहोस्