Skip

Hamro Sanchar

पत्रकार रजकलाई बन्दुकले हानेर कुटीकुटी घाइते बनाएपछि आगो लगाइयो : राप्रपाका नेता सिंह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २५ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक सिंहले राजावादी आन्दोलनका क्रममा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रहरीले एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको हत्या गरेको आरोप लगाएका छन् ।

आज राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभामा उनले घाइते भएपछि रजकलाई आगो लगाइएको जिकिर गरे।

“म पत्रकार साथीहरूलाई भन्छु– तपाईंको साथी सुरेश रजकलाई बन्दुकको बटले हानी हानीकन, कुटी कुटीकन घाइते बनाएपछि आगो लगाएको यही सरकारले हो,” सिंहले भने, “यही सरकारका भिजिलान्तेहरू परिचालन गरेर कैयौँ मान्छेहरूलाई घाइते बनाएका छन् ।”

उनले तीनकुने घटनाको छानबिननिम्ति उच्चस्तरीय समिति गठन नगरे कडा आन्दोलनको चेतावनी दिए ।


प्रतिकृया दिनुहोस्