Skip

Hamro Sanchar

प्रचण्ड भन्छन् : कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २५ गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका कम्युनिस्ट एकता नटिके पनि एकताबाट पछि हट्न नहुने बताएका छन् ।

मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो पार्टी बैठकबाटै एकमतले निर्णय गरेको पनि बताएका हुन् ।

‘पछिल्लो चरणमा दुई प्रभावशाली कम्युनिस्ट पाटीबिच एकता भयो पनि । सवैले त्यसलाई अनुमोदन पनि गरे । तर बचाउन सकेनौँ । झण्डै दुई तिहाइ नजिक पुग्दा पनि इतिहासमा नाम रहने काम गर्न सकेनौँ पार्टी एकता पनि बचाउन सकेनौँ’, प्रचण्डको भनाइ छ ।

उनले त्यसबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट एकताका लागि प्रयास निरन्तर राख्नुपर्ने बताए । ‘हामी विभाजित पनि भयौ, एकअर्कामा तितो आलोचना छ । तर पनि एकताको झण्डा छाडेका छैनौ । छोड्नु हुँदैन भन्नेमा प्रस्ट छौ’, प्रचण्डले भने, ‘प्रलेसले वैचारिक, सांस्कृतिक ढंगले त्यो वातावरण बनाउने भूमिका सक्रिय रुपमा खेल्नुहोला ।


प्रतिकृया दिनुहोस्