Skip

Hamro Sanchar

राप्रपा सभा : बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २५ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्ने सभाका लागि बल्खु क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर मंगलबार राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त सभाका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको छ ।

१२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।


प्रतिकृया दिनुहोस्