Hamro Sanchar

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २५ गते


जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै छन् ।

सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत आज मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।

ओली बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आउने सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको छ ।


प्रतिकृया दिनुहोस्