
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्षमात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताएका छन् ।
काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्ष माओवादीले गरेको हिंसात्मक राजनीतिले देश विकास र समृद्धिबाट पछि परेको टिप्पणी गरेका छन् ।