Skip

Hamro Sanchar

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २१ गते


धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चैती छठ सम्पन्न भएको छ ।

छठपर्वको विशेषता यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नु हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गंगासागर, अंगराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।


प्रतिकृया दिनुहोस्