Hamro Sanchar

मकवानपुरमा सुमो दुर्घटना हुदा ९ घाइते, ३ जना गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १९ गते


हेटौंडा । मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार रौतहटबाट काठमाडौं जाँदै गरेको ना१ज ५४८५ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका-२ बतासेमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइतेलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्