Skip

Hamro Sanchar

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १७ गते


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन् ।

सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन् ।

जम्मा ३११८ खसेको मतमध्ये उनले ७८९ मतसहित विजय हासिल गरेका छन् भने अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् । जोशी ८ मतान्तरले निर्वाचित बनेका हुन् ।

त्यस्तै, क्रान्तिकारीका प्रविन दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले ७१७ मत ल्याएका छन् ।


प्रतिकृया दिनुहोस्