
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ७ स्थित शिवम मार्ग टोल सुधार समितिको साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारणसभा बाट ९ सदस्यीय कार्य समिति चयन भएको छ । नवनिर्वाचित समितीलाई कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कि तथा वडा अध्यक्ष भिमसेन थापाले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
साधारण सभाबाट अध्यक्षमा बिष्णु लम्साल साथै उपाध्यक्षमा भिम पाण्डे चयन भएका छन् ।
यस्तै सचीवमा प्रकाश ढकाल, सहसचिवमा अर्जुन अर्याल र कोषाध्यक्षमा सरल घिमिरे चयन भएका छन् । भने सदस्यहरुमा सुमित्रा बास्तोला, लक्ष्मी पोख्रेल, जयन्त अधिकारी र श्रीराम हुमागाइ भएका छन् ।



















