Skip

Hamro Sanchar

राजावादीको नियतै गलत छ, हिंसा भड्काउने योजनासहित सडकमा निस्किए : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किएको बताएका छन्।

एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताएका हुन् । ‘उनीहरुको (राजावादीहरुको) नियत नै गलछ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

तर हिंसात्मक गतिविधिका दोषीहरुमाथि कानुन बमोजिम कार्बाही हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘अराजकता र अस्थिरता निम्त्याउन खोजिदैछ । लोकतन्त्र र संविधानलाई उल्लघन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।

 

 

 


प्रतिकृया दिनुहोस्