Skip

Hamro Sanchar

म्याद थपका लागि रवीन्द्र मिश्रलाई हतकडी लगाएर लगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएकाे राजावादी आन्दोलको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवलशम्सेर जबरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडी लगाइएको छ ।

धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । उनीहरुलाई त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा लगिनेछ ।


प्रतिकृया दिनुहोस्