Skip

Hamro Sanchar

प्रेस सेन्टर नेपालको बरिस्ठ उपाध्यक्षमा बर्देवाको उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालकाे बरिष्ठ उपाध्यक्षमा सुदिप बर्देवाले उम्मेदवारी दिएका छन्।

बिगत १८ बर्षदेखि पत्रकारीता क्षेत्रमा समर्पित बर्देवासँग रेडियो टेलिभिजन र अनलाईन संचार माध्ययमको राम्रो अनुभव रहेकाे छ।

बर्देवाले २०६६ साल देखि २०७९ सालसम्म तत्कालीन नेकपा माओवादीको रेडियो, रेडियो मिर्मिरेमा कार्यक्रम प्रस्तोता, कार्यक्रम संयोजक हुदै ३ बर्षसम्म स्टेसन म्यानेजरको भुमिकामा रहेर  समेत काम गरेका थिए ।

नाकाबन्दी, २०७२ सालको बिनासकारी भुकम्प र कोरोना संक्रमणकालको संकटपुर्ण समयमा समेत रेडियोलाई बचाउन र अगाडि बढाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै माओवादी पर्टी भित्र उनको प्रसम्सा हुने गरेको छ।

यस्तै उनिसँग १ बर्ष बागमति टेलिभिजनमा बजार प्रमुखको भुमिकामा काम गरेको अनुभव छ भने उनले अहिले छाता मिडिया ग्रुप प्रा.लि को नेतृत्व गरिरहेका छन् ।

बर्देवा अहिले मेनस्टृमको मिडिया, एभिन्युज टेलिभिजनमा शिक्षा बिटको प्रमुखको भुमिकामा कार्यरत छन् ।

अहिले नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको काठमाडौंमा जारी ५ औ महाधिवेशनमा बर्देवाले बरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका हुन।


प्रतिकृया दिनुहोस्