Skip

Hamro Sanchar

संसद्‍मा लिङ्देनले छाती ठोक्दै भने : राजावादी यहाँ छ, सके जेल हाल !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन्।

आजको संसद्मा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएपछि उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन्।

सदनमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की भइरहँदा सभामुखले माइक कसैलाई दिएका थिएनन्।

त्यसैबीच भएको विषयलाई उल्लेख गर्दै सामाजिक संजालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल ।


प्रतिकृया दिनुहोस्