Hamro Sanchar

प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित, साढे ३ बजे पुनः बस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन ।

त्यतिबेला सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न सकेन ।

अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक तय भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थालेका छन् ।


प्रतिकृया दिनुहोस्