Hamro Sanchar

महानगरले हुलाकबाट पठायो पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।

‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने ।

महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो ।

महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।


प्रतिकृया दिनुहोस्