Hamro Sanchar

राजावादी आन्दोलनमा भएको तोडफोड र आगजनी क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १५ गते


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् ।

अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।


प्रतिकृया दिनुहोस्