Skip

Hamro Sanchar

दलित परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्षलाई ५ दिन थुनामा राख्न म्याद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ९ गते


Advertisement

जनकपुरधाम । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ।

सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए ।

औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।

त्यहाँको माटो समेत ताछेर फालेको समाचार सार्वजनिक भएपछि गत शुत्रबार साँझ दुवैजनालाई सिरहा प्रहरीले पक्राउ गरेको थियो ।

गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दिपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामामा जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए ।


प्रतिकृया दिनुहोस्