Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


Advertisement

काठमाडौं । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा. अच्युत वाग्ले नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट भर्खरै नियुक्तिपत्र प्राप्त गरेको डा वाग्लेले पुष्टि गरेका छन् ।

गत माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए।

यसअघि उनी विश्वविद्यालयको रजिस्ट्रार थिए। २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिस्ट्रार नियुक्त गरेका थिए।

विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य थिए ।


प्रतिकृया दिनुहोस्